इरानका परमाणु वैज्ञानिक फखरीजादेहको हत्या

Hatya

एजेन्सी–इरानका परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या भएको छ ।

फखरीजादेहको राजधानी तेहरान नजिकैको सहर अबसार्डमा हत्या भएको इरानको रक्षा मन्त्रालयले पुष्टि गरेको हो । परमाणु वैज्ञानिकको कारमा बम हमला गरी हत्या गरिएको खबरमा उल्लेख छ । बम हमलापछि घाइते भएका उहाँलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको थियो ।

इरानका विदेश मन्त्री मोहम्मद जरीफले फखरीजादेशको हत्याको निन्दा गर्दै प्रायोजित रुपमा हत्या भएको प्रतिक्रिया दिनुभएको छ । इरानको परमाणु हतियार कार्यक्रममा फखरीजादेह शीर्ष नेतृत्वकर्ता मानिनुहुन्छ । इरानले उहाँको हत्यामा इजरायलको संलग्नता रहेको आरोप लगाएको छ । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले अहिलेसम्म आरोपको कुनै टिप्पणी गरेको छैन ।

प्रकाशित:
2020/11/28, 8:06