कञ्चनपुरमा झन्डै २ लाखको तस्करीको सामान बरामद

taskari
सुदूर प्रेस संवाददाता

धनगढी–भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको झन्डै २ लाखको अवैध सामान कञ्चनपुरमा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट गड्डाचौकका सशस्त्र प्रहरी सहायक निरीक्षक वसन्तबहादुर विष्टको कमान्डमा खटिएको गस्ती टोलीले भिमदत्त नगरपालिका वडा नम्बर १० भुजेला क्षेत्रबाट १ लाख ८२ हजार ७ सय ४० रुपैयाँको अवैध सामान बरामद गरेको हो ।

बच्चाको मोजा, इनर, लेडिज ट्राउजर लगायतका अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेट क्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले जानकारी दिए । बरामद गरिएको सामान गड्डाचौकी भन्सार लाइ बुझाइएको छ । 

प्रकाशित:
2020/11/28, 9:37