कञ्चनपुरमा घरको छतबाट खसेर एक जनाको मृत्यु

सुदूर प्रेस संवाददाता

धनगढी–कञ्चनपुरको कृष्णपुर नगर पालिका –५  गुलरिया बजारमा गए राती आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

राती करिब साढे १० बजेतिर छत बाट खसेर गम्भीर घाइते भएका ५० वर्षीय गणेश राज ओझाको राती सवा ११ बजे माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक ओझा नेपाली काँग्रेस कञ्चनपुर जिल्ला कार्य समिति सदस्य पदमा ओझाका श्रीमान् रहेको नेपाली काङ्ग्रेस कञ्चनपुरका युवा नेता हेमराज ओझाले जानकारी दिए । 

प्रकाशित:
2020/11/29, 8:19