कञ्चनपुरमा नेपाली सेनाको लिखित परीक्षामा सहभागी नक्कली परीक्षार्थी सहित २ जना पक्राउ

फाइल तस्बिर

कञ्चनपुर–कञ्चनपुरमा नेपाली सेनाको सैन्य दर्जाको परीक्षामा सहभागी २ जना पक्राउ परेका छन् । 

नक्कली परीक्षार्थी र परीक्षामा सहभागी नभएका १ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।   

लोक सेवाले लिएको नेपाली सेना सैन्य दर्जाको लिखित परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थी सुमन खण्डका र परीक्षामा सहभागी नभएका मुकेश भण्डारीलाई पक्राउ गरिएको हो ।

शनिवार  भिमदत्त नगरपालिका वडा नम्बर ४ को कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रबाट बझाङको दुर्गाथली गाउँपालिका– ४ का २२ वर्षीय भण्डारी र निजको सट्टा परीक्षामा सहभागी भएका डोटीको सायल गाउँपालिका वडा नम्बर ६ का २२ वर्षीय खड्कालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । 

 

प्रकाशित:
2020/11/30, 7:07