नेप्से २ हजार विन्दुको नजिकै, नौ कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढ्यो

nepse
सुदूर प्रेस संवाददाता

काठमाडौँ–शेयर बजार परिसूचक नेप्से सोमबार झण्डै २९ अङ्कले बढेको छ । नेप्से २८ दशमलव ७९ अङ्कले बढेर १९ सय ९७ दशमलव शून्य ५ विन्दुमा पुगेको छ । कारोबार सुरु भएको केही बेरमै दुई हजार २७ विन्दुमा पुगेको नेप्से फेरि घटबढ हुँदै १९ सय ९७ विन्दुमा रोकिएको हो ।


पछिल्लो समय लगातार बढिरहेको बैंकिङ समूहको शेयर सोमबार भने ७ दशमलव ३ अङ्कले घटेको छ । साेमबार विकास बैंक र फाइनान्स समूहको शेयर पनि घटेको छ ।

साेमबार जीवन बीमा समूहको शेयर ८ सय २३ अङ्कले, निर्जीवन बीमा समूहको १ सय ९३ अङ्कले, व्यापार समूहको १ सय ५१ अङ्कले, जलविद्युतको ७९, उत्पादन समूहको ७३, अन्य समूहको ४० र माइक्रो–फाइनान्स समूहको शेयर ३७ अङ्कले बढेको छ ।

साेमबार एक सय ५८ कम्पनीका दुई करोड ५१ लाख ९१ हजार कित्ता शेयर आठ अर्ब ८६ करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै ३८ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साेमबार युनाइटेड मोदी जलविद्युत्, माथिल्लो तामाकोशी जलविद्युत् लगायत नौ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि विशाल बजार कम्पनीका शेयरधनीले १० प्रतिशतभन्दा धेरै गुमाएका छन् ।  

प्रकाशित:
2020/11/30, 5:52