कैलालीमा ९ वर्षीया बालिका माथि बलात्कार, एक जना पक्राउ

rape
सुदूर प्रेस संवाददाता

धनगढी–महिला हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा कैलालीमा फेरी एक बालीका बलात्कारको शिकार भएकी छिन । 

 मोहन्याल गाउँपालिकाकी बालिका बलात्कारको आरोपमा सोही ठाउँका १९ वर्षीय जीवन शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी  डिएसपी प्रतीक विष्टले बताए । 

 

असोज २५ गते साँझ आफ्नै घरमा बोलाई बलात्कार गरेका भन्ने जाहेरीका आधारमा शाहीलाई पक्राउ गरिएको उनले बताए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

प्रकाशित:
2020/11/30, 8:25