लगातारजसो घटेको सुनको भाउ आज भने पाँच सय रुपैयाँले बढ्यो

Gold
सुदूर प्रेस संवाददाता

काठमाण्डाै – केही दिन यता लगातारजसो घटेको सुनको भाउ आज भने बढेको छ ।

सुन आज तोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा सात सय रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको थियो ।

विश्वमा कोरोना विरुद्धको खोप बन्ने सम्भावना बढेपछि सुनको भाउ घट्न थालेको थियोे । यस्तै, आज चाँदीको पनि तोलामा ३५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँमा पुगेको छ ।

प्रकाशित:
2020/12/01, 12:23