धनगढीमा प्रहरी हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान,केराउ व्यवसायी धरौटीमा रिहा

हत्या अभियोगमा कारागार चलान भएका हरू माथि र इन्सर्टमा धरौटीमा रिहा भएका गुप्ता
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीको जुगेडामा प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ८ जना केराउ तस्कर कारागार चलान भएका छन्।

केराउ व्यवसायी धनगढीमा रहेको आदित्य ट्रेडिङका सञ्चालक ३६ वर्षीय राजीव गुप्ता भने १ लाख ५० हजार धरौटीमा रिहा भएका छन् । 

जिल्ला अदालत कैलालीमा मङ्गलवार भएको थुनछेक आदेश पछि   जिल्ला न्यायाधीश जयानन्द पनेरुको इजलासले हत्या अभियोगमा पक्राउ परेका ८ जना लाई कारागार चलान गरेको हो भने केराउ व्यवसायी लाई धरौटीमा रिहा गर्न आदेश गरेको हो । 

हत्या अभियोगमा पक्राउ परेका धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना (क), रोहित राना (ख), सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना२५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने राम गोपाल राना ,२५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने राम गोपाल राना लाई कारागार चलान गरिएको अदालतले जनाएको छ ।  

गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोस्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउद बेपत्ता भएका थिए।

बिकको कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा बीभत्स हत्या गरेको अवस्थामा भेटिएको थियो भने दुई दिनपछि साउद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए। 

प्रकाशित:
2020/12/02, 8:23