धनगढी–कोरोना सङ्क्रमणका कारण कैलालीको गोदावरी नगरपालिका–१ चेतना टोलकी एक महिलाको मृत्यु भएको छ ।
होम आइसोलेसनमा बसेकी ७० बर्षिया महिलाको मंगलबार मृत्यु भएको हो ।
उनमा अन्य कुनै रोग नरहेको र एक्कासि ज्वरो आएपछि मंगलबार पिसिआर परीक्षणका लागी स्वाब दिइएको थियो ।
त्यसै दिन बिहान ११.३० बजे उनको मृत्यु भए पनि त्यस दिन राती २ बजे मात्रै पिसिआर रिपोट पोजेटिभ आएको थियो । मृतक महिलाको आज अनतेष्टि गरिएको छ ।
तेघरी स्थित भवानी दल गणबाट सहसेनानी नबल सिंह रोकायाको कमान्डमा खटिइएको टोलीले गोदावरी आर्यघाटमा सुरक्षाका सबै उपाय अपनाउँदै मृतकका आफन्त र स्थानीयको उपस्थितिमा हिन्दु संस्कार अनुसार जलाएर अनतेष्टि गरीएको गणका प्रमुख सेनानी विकास केसीले जानकारी दिए ।
यो सँगै सुदूरपश्चिममा मृत्यु हुनेको सङ्ख्या ४० पुगेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जानकारी दिए ।