सुनको भाउ तोलामै १६ सयले बढ्यो

Gold
सुदूर प्रेस संवाददाता

काठमाडौं– सुनको भाउ तोलामै १६ सय रुपैयाँले बढेको छ । बुधबार ९१ हजार रुपैयाँमा कारोबार भएको छापावला सुनको भाउ बिहीबारका लागि ९२ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको बिहीबारको कारोबार मूल्य ९२ हजार १५० रुपैयाँ पुगेको छ । बुधबार तेजाबी सुन प्रतितोला ९० हजार ५५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बृद्धि भएको छ ।

प्रकाशित:
2020/12/03, 11:48
SPA
KN
Priya Gahana Pasal