शेयर बजार साढे १५ अङ्कले घट्यो, पुनर्बीमा कम्पनीको मात्रै १ अर्ब ११ करोड रुपैयाँको कारोबार

Nepse
सुदूर प्रेस संवाददाता

काठमाण्डौ – पछिल्लो समय लगातार बढेको शेयर बजार (नेप्से) बिहीबार भने घटेको छ । जलविद्युत् र माइक्रो–फाइनान्सबाहेक अरु समूहको शेयर ओरालो लागेपछि नेप्से १५ दशमलव ५७ अङ्कले घटेर २ हजार ५५ दशमलव ४५ विन्दुमा झरेको छ ।


जीवन बीमा समूहको शेयर २ सय ५८ अङ्कले, निर्जीवन बीमा समूहको शेयर १ सय ६६ अङ्कले, व्यापार समूहको १ सय ६० अङ्कले, उत्पादन समूहको ७२ र बैंक समूहको शेयर ८ अङ्कभन्दा धेरैले घटेको छ ।

बिहीबार दुई सय कम्पनीका एक करोड ५८ लाख ८९ हजार कित्ता शेयर आठ अर्ब दुई करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् । नेपाल पुनर्बीमा कम्पनीको मात्रै एक अर्ब ११ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

बिहीबार साल्ट ट्रेडिङ र विशाल बजार कम्पनीका लगानीकर्ताले ६ प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् । समग्र बजार घटे पनि माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी र नेपाल सेवा लघुवित्त कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् ।   

प्रकाशित:
2020/12/03, 3:51