धनगढीमा उपचाररत कोरोना संक्रमितको मृत्यु

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिकाका कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ।

गोदावरी नगरपालिका–३ का ७६ वर्षीय कोरोना सङ्क्रमित पुरुषको शुक्रवार बिहान ७.५० बजे मृत्यु भएको अस्पतालका  सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

मंसिर १४ गते अस्पताल भर्ना भएका ती पुरुषमा दम रोगको  समेत बिरामी रहेको अस्पतालले जनाएको छ।  

मृतकको नेपाली सेनाले अनतेष्टि गर्ने तयारी गरीरहेको छ । 

यो सँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रकाशित:
२०७७ मंसिर १९, १०:००
SPA
KN
Priya Gahana Pasal