गुलरियामा बस पल्टिँदा ३४ जना घाइते, तीन जनाको अवस्था गम्भीर

सुदूर प्रेस संवाददाता

बर्दिया – नेपालगञ्जबाट राजापुरतर्फ गइरहेको भे १ ख २१२४ नम्बरको बस शुक्रबार पल्टिँदा ३४ जना घाइते भएका छन् । तीमध्ये तीन जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक सुशील थापा मगरका अनुसार दुर्घटना गुलरिया नगरपालिका—१ खैरापुरमा भएको हो । घाइतेको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । घाइतेमध्ये गेरुवा गाउँपालिका—६ की अन्दाजी ५५ वर्षीया माण्डवी थापा, मधुवन नगरपालिका—२ का ६८ वर्षीय जोखन थारु र गुलरिया नगरपालिका—४ का ५२ वर्षीय राम शंकर थारुलाई थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा पठाइएको प्रहरी निरीक्षक थापाले बताए ।

तीव्रगतिमा चलाएको बस अनियन्त्रित भई पल्टेको हो । 

प्रकाशित:
2020/12/05, 7:56
SPA
KN
Priya Gahana Pasal