डोटीमा जिप दुर्घटना : ३ जनाको मृत्यु,५ जना घाइते

Accident
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

डोटी–डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा आइतबार बिहान जिप दुर्घटनाग्रस्त हुँदा ३ जनाको मृत्यु भएको । उक्त दुर्घटनामा  ५ जना घाइते भएका छन् । दुर्घटनामा परी बोगटान फुड्सिल गाउँपालिका ७ की वडासचिव मन्जु त्रिपाठी, त्रिपाठीकै सासु नाम नखुलेको र के आइ सिंह गाउँपालिकाका ४० वर्षका हरि नायारण भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ।

दिपायलबाट खत्याडीका लागि जाँदै गरेको म १ च ५५० नम्बरको जिप भिरबाट खसेको गाउँपालिका अध्यक्ष कमल गड्सिलाले जानकारी दिए । अप्ठेरो स्थान भएकाले गाडीमा कति जना सवार थिए भन्ने खुलिनसकेको र दुर्घटनास्थलमा खोजी कार्य जारी रहेको उनले बताए ।

उनका अनुसार अहिलेसम्म तीन जनाको शव फेला परेको छ । पाँच घाइतेलाई उद्धार गरी उपचारका लागि दिपायल लगिँदै छ ।

प्रकाशित:
2020/12/06, 7:53