अभिनेत्री श्वेताले गरिन धनगढीका विजयेन्द्र सँग विवाह (हेर्नुहोस् तस्बिर)

sweta
सुदूर प्रेस संवाददाता

काठमाडौँ — अभिनेत्री श्वेता खड्काले धनगढीका विजयेन्द्रसिंह रावतसँग बिहे गरेकी छिन् । परिवार र नजिकका आफन्तबीच उनले सोमबार काठमाडौंमा बिहे गरेकी हुन् ।


अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको ६ वर्षपछि उनी बिहे गर्ने निर्णयमा पुगेकी हुन् । श्वेतासँग बिहे भएको २ दिनमै श्रीकृष्ण बिरामी भए । उपचारकै क्रममा २०७१ साउन २५ गते उनको निधन भएको थियोे ।

कोभिडका कारण सिमित मानिसहरुको उपस्थिति बीच आफूले नविन यात्रा थाल्ने भन्दै उनले बिहेको एक दिनअघि फेसबुक स्टाटसमा उल्लेख गरेकी थिइन् । आइतबार उनले मेहेन्दीका तस्बिरहरू सार्वजनिक गरेकी थिइन्।


यतिखेर सामाजिक सञ्जालमा श्वेतालाई बधाई दिनेको ओइरो छ ।

श्वेताले श्रीकृष्णसँगै कहाँ भेटिएलामा अभिनय गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । कोहिनुरु, कान्छीु उनले अभिनय गरेका फिल्महरु हुन् । अभिनयसँगै व्यवसायमा व्यस्त श्वेता समाजसेवी पनि हुन् ।

प्रकाशित:
2020/12/07, 6:37