कञ्चनपुरमा करिब २ लाखको अवैध सामान बरामद

taskari
सुदूर प्रेस संवाददाता

कञ्चनपुर– कञ्चनपुरमा भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल  भित्र्याइएको करिब २ लाख बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेड क्वाटर, शैलेश्वरी कञ्चनपुरका अनुसार सहायक प्रहरी नायव निरीक्षक भुवनेश्वर पन्तको कमान्डमा खटिएको टोलीले बिडी, प्याज, मोबाइल, ब्याट्री, माछा, कुखुरा र सालको काठसहित १ लाख ७३ हजार ५ सय ५० बराबरको सामान बरामद गरेको हो। 

पुनर्वास, बेलौरी, फटिया र खल्लामछेट्टीबाट भन्सार छलेर ल्याएका  सामान बरामद गरिएको र उक्त सामान वन, क्वारेनटिन तथा भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले जानकारी दिए। 

प्रकाशित:
2020/12/09, 7:19