ईयूसँगको व्यापार वार्ता तत्कालका लागि ‘निकै कठिन’ – बेलायती प्रधानमन्त्री

eu
सुदूर प्रेस संवाददाता

एजेन्सी– बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटपछि ईयूसँगको व्यापार वार्ता तत्कालका लागि ‘निकै कठिन’ भएको बताउनुभएको छ ।

प्रधानमन्त्रीको ब्रुसेल्स भ्रमणको पूर्वसन्ध्यामा उहाँले यस्तो बताउनुभएको हो । ईयूसँगको व्यापार सम्झौताका लागि भएको लामो वार्तामा सफलताको खोजी गर्न प्रधानमन्त्री जोनसन यस हप्ता ब्रुसेल्स भ्रमण गर्दै हुनुहुन्छ । जोनसनले अर्को दुई दिनमा कहाँ पुगिने भनेर हेरिने तर बेलायत सरकार राजनीतिक वा अन्य कुनै पनि तहमा छलफललाई अघि बढाउन इच्छुक रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री जोनसन भोलि ब्रुसेल्स जाने सम्भावना रहेको बीबीसीले जनाएको छ । यसैबीच युरोपेली सङ्घ ९ईयूका० प्रमुख वार्ताकार मिसेल बार्नियरले बेलायतसँगको व्यापार वार्तामा ईयू एकताबद्ध हुने र कुनै अनावश्यक त्याग गर्न नसकिने बताउनुभएको छ ।

प्रकाशित:
2020/12/09, 8:07