धनगढी–सुदूरपश्चिम प्रदेशमा सरकारले प्रतिबन्ध लगाएयता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २ सय बढी नेता कार्यकर्ता पक्राउ परेका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार २०७५ सालको फागुन १० गतदेखि हालसम्म गरि विप्लवका २ सय ५ जना नेता कार्यकर्ता पक्राउ परेका छन्।
पक्राउ परेका मध्ये २४ जनालाई अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने १ सय ६५ जना मुद्दा दर्ता भइ छुटेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
१२ जना सोधपुछ पछि छुटेको प्रहरीको तथ्यांक छ भने ४ जनामाथि अनुसन्धान जारी छ। पक्राउ परेकाहरुमाथि प्रहरीले १ सय ९१ मुद्दा दर्ता गरिएको जनाएको छ भने २ वटा मुद्दा दर्ता गर्न बाँकी रहेको छ।
मोरङमा विप्लव समूहले शिक्षकको अपहरण गरि हत्या गरेको घटनाले विप्लव समूहले हिंसाको बाटो अंगाले भन्दै सुदूरपश्चिममा समेत सुरक्षा सर्तकता बढाइएको प्रहरीले जनाएको छ।