अछाम–अछामको कमल बजार प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। बान्नीगढी जयगढ गाउँपालिकाका २७ जना, मंगलसेन नगरपालिकाका ९ जनामा, चौरपाटी गाउँपालिकाका २ जना, कमल बजार नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै साँफेबगर नगरपालिकाका २ जना, मेल्लेख गाउँपालिकाका १ जना, त्यस्तै बाजुराको स्वामिकार्तिक गाउँपालिकाका १ जना र बुढीगंगा नगरपालिकाका २ जनामा समेत कोरोना पुष्टि भएको छ।