धनगढी–संविधान सभा सदस्य तथा दलित आन्दोलनका अगुवा हरि श्रीपाइली लाई बिहीबार सम्मान गरिएको छ ।
दलित,कमैया र हलिया मुक्ति आन्दोलनमा पुर्याएको योगदानको कदर गर्दै ७२ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा बिहीबार कैलालीको घोडाघोडीमा उनलाई सम्मान गरिएको हो ।
घोडाघोडी–६ मा संयुक्त दलित विकास मञ्च र हलिया महासङ्घ कैलालीको तर्फ बाट सङ्घका अध्यक्ष लाल बहादुर विकले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।