भेन्टिलेटरमा कोभिड-१९ बिरामी

डा. हेम राज पनेरू
सुदूर प्रेस संवाददाता

भेन्टिलेटरमा कोभिड-१९ बिरामी

छोपिएका अनुहार,
    डाक्टर हुन कोही।
छोपिएकै अनुहार,
    नर्स हुन केही।
टिँट टिँट टूँट टूँट,
    मसिनको घण्टी।
गुनगुन गुनगुन,
    डाक्टरी बातचित।
न उठ्न सक्छु,
    शिथिल मांसपेशी।
न बोल्न सक्छु,
    पाइप मुखभरी।
न निल्न सक्छु,
    पाइप नै दोषी।
न चल्छन् हातगोडा,
    बाँधिएका सबै।
नाकमा पाइप,
    खान लाई।
घाँटीमा पाइप,
    सास फेर्न लाई।
लघुशङ्का,
    डाक्टर नर्स छेउमै।
दीर्घशंका,
    कसरी गर्नु बेडमै!
घोच्छन् सुई,
    उपचारनै यही!
विश्वास गर्नु छ,
    निरीह भई।
कहिले जाउँला घर,
    निको भई!
 

डा. हेम राज पनेरू
उप-प्राध्यापक तथा क्रिटिकल केयर (आइसियु) फिजिसियन
त्रि. बि. शिक्षण अस्पताल, काठमाण्डौँ
२०७७।०८।२७ शनिवार 

प्रकाशित:
2020/12/12, 8:52