कञ्चनपुर–कञ्चनपुरको पुनर्वासमा बोरिङको पट्टामा बेरिएर एक जनाको मृत्यु भएको छ। घर नजिकै रहेको बोरिङको पट्टामा सल बेरिएर पुनर्वास नगरपालिका–१ की ७० वर्षीया सुर्कु तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । पट्टामा बेरिएर घाइते भएकी तामाङको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।
प्रतिकात्मक तस्बिर