सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का

bhukamp
सुदूर प्रेस संवाददाता

डोटी – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज शनिबार दिउँसो १ बजेर ३५ मिनेटमा सुदूरपश्चिमका पहाडी जिल्लामा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पले घर निकै हल्लाएको दिपायलका स्थानीय कर्णबहादुर द्वारीयाले जानकारी दिनुभयो ।

डोटी सहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महसुस भएको छ । भूकम्पको धक्काले निकै हल्लाएपछि डोटीको दिपायल तथा सिलगढीका नागरिकहरु घर बाहिर निस्किएका थिए । भूकम्पले अहिले सम्म क्षति भएको खबर प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

प्रकाशित:
2020/12/12, 6:55