इन्धनको भाउ फेरी बढ्यो

oil
सुदूर प्रेस संवाददाता

धनगढी– इन्धनको भाउ फेरी बढाइएको छ । पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य अनुसार प्रतिलिटर १ सय ८ र डिजेल र मट्टितेलको ९१ रुपैयाँ कायम गरिएको छ ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत राखिएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बरमा प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकोले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि तथा निगमको शनिबारको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्य बढाउने निर्णय गरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित:
2020/12/13, 7:14