अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्‍न आदेश

काठमाडौँ — विशेष अदालतले भ्रष्टाचारको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको हो । बस्न्यातमाथि आफ्नो क्षेत्राधिकार नहुँदासमेत भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासको जग्गा मोहीका नाममा बाँड्ने प्रस्ताव मन्त्रिपरिषद्‌मामा लगेको आरोप थियो ।

प्रकाशित:
2020/12/13, 7:26
SPA
KN
Priya Gahana Pasal