धनगढी– प्रेम सम्बन्ध पछि भागेर भारत तर्फ जाँदै गरेका युवा–युवती लाई धनगढीको त्रिनगर–गौरीफन्टा सीमा नाका बाट प्रहरीले उद्धार गरेको छ ।
बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर १ का १७ वर्षीया गीता नेपाली र सोही ठाउँका अर्जुन विकलाइ हिजो अबेर साँझ सिमानाकामा खटिएको सशस्त्र प्रहरीले उद्धार गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले बताए । उनहिरुले प्रेम सम्बन्ध पछि आफूहरू भागी विवाह गरेर भारत जान लागेको बताएका छन् ।
पछिल्लो समय यो नाकाबाट युवायुवतीहरू प्रेम गर्ने अनि भागेर भारत तर्फ जाने क्रम बढेको प्रहरीले जनाएको छ ।
नाकामा प्रहरीले रोक्ने डरले यसरी जानेहरू बेलकी ७ बजे पछि मात्रै भारत तर्फ जाने गरेको प्रहरीले जनाएको छ । यसरी जाँदा जोखिम हुन सक्ने भएपछि प्रहरीले सिमानाकामा कडाइ गरेको छ ।