धनगढी– रकम लिएर भारतीय नागरिकलाई नेपाल प्रवेश गराउने धनगढीका एक युवक लाई प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी नायव निरीक्षक बिरेन्द्रसिँह भण्डारीको नेतृत्वमा खटिएको टोलीले धनगढी उप–महानगरपालिका–३ का १९ वर्षीय शैलेश अवस्थीलाइ आइतबार बेलुका पक्राउ गरेको हो ।
भारतको मिजनौर धामपुरका २५ वर्षीय मोहम्मद आसिकलाई गौरीफन्टा सीमा क्षेत्रको तारबारबाट नेपाल प्रवेश गराउँदै गरेको समयमा पक्राउ गरेको प्रहरीले जनाएको छ । अवस्थीलाइ प्रहरी चौकी पचकडियामा बुझाइएको छ भने भारतीय नागरिकलाई भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।