कञ्चनपुरमा विद्यालय खुलेको ६ दिनमै बन्द

फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय पठनपाठन सुरु भएको ६ दिनमै बन्द भएको छ । विद्यार्थी र शिक्षकले स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाएपछि जोखिम हुन सक्ने भन्दै सोमबारदेखि विद्यालय बन्द गरिएको हो । 

महेन्द्रनगर माविमा मांसिर २२ देखि पठन पाठन सुरु भएको थियो । सोमबारदेखि पुन: बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रराज विष्टले बताए । ‘विद्यार्थीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएनन,’ उनले भने, ‘विद्यार्थीको चाप पनि बढी छ, त्यही भएर जोखिम निम्तिनुभन्दा विद्यालय नै बन्द गर्‍यौं ।’

उक्त विद्यालयमा १६ सय बढी विद्यार्थी छन् । अब माथिल्लो कक्षाका विद्यार्थीलाई अनलाइनबाट पठनपाठन गरिने उनले बताए । विद्यालयका एक शिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ । उनलाई विद्यालय खुल्नुभन्दा अघि नै संक्रमण देखिएको हो ।

प्रकाशित:
2020/12/14, 8:04
SPA
KN
Priya Gahana Pasal