धनगढीमा दिन दहाडै मोटरसाइकल चोरी गर्ने पक्राउ 

bike
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा दिन दहाडै मोटरसाइकल चोरी गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

मालपोत कार्यालय कैलाली अगाडी पार्किङ गरेको  मोटर साइकल चोरेर फरार भएका घोडाघोडी नगरपालिका वडा नम्बर २ साँडेपानीका  १६ वर्षीय अर्जुन विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले बताए । 

आज दिउँसो १२.५० मा धनगढी उप–महानगरपालिका वडा नं १ मालपोत कार्यालय अगाडी पार्किङ गरेको से ३ प ३७४ नम्बरको  सुपर स्पिलिण्डर लगेर फरार भएका उनलाई  अस्थायी प्रहरी पोस्ट पहलमानपुरबाट खटिएको प्रहरी टोलीले ६ बजेर २० मिनेटमा राजमार्ग क्षेत्रबाटै पक्राउ गरेको उनले बताए । 

 

 

प्रकाशित:
2020/12/14, 8:40