धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल, डडेलधुरा अस्पताल, जिल्ला अस्पताल बझाङ प्रयोगशाला र अछामको कमल बजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ८४ जनाको परीक्षण गर्दा थप ७० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ९७ जनाको नमुना परीक्षण गर्दा ५३ जना, कमल बजार नगरपालिकाको प्रयोगशालामा १ सय २८ जनाको नमुना परीक्षण गर्दा ११ जना, जिल्ला अस्पताल बझाङमा ४१ जनाको नमुना परीक्षण गर्दा ४ जना र डडेलधुरा अस्पताल प्रयोगशालामा १८ जनाको परीक्षण गर्दा २ जनामा सङ्क्रमण देखिएको छ ।
आज धनगढी उप–महानगरपालिकाका थप ४१ जनामा सङ्क्रमण देखिएको छ ।
गोदावरी नगरपालिकाका २ जना, कञ्चनपुरको बेलौरी नगरपालिकाका ४ जना, भीमदत्त नगरपालिकाका २ जना, त्यसै गरी शुक्लाफाँटा नगरपालिका र बेलडाडी गाउँपालिकाका १÷१ जनामा समेत सङ्क्रमण पुष्टि भएको छ।
उता बझाङ र बाजुराका १÷१ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।
यो सँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ४ सय ४८ पुगेको छ । १० हजार २० जना निको भइसकेका छन् । हाल सम्म सङ्क्रमणबाट ४६ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा थपिए ८ सय २१ कोरोना संक्रमित, १८ को मृत्यु
पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा ५ हजार ४ सय २३ पीसीआर परीक्षण भएका छन् ।
मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ४२ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार ९ सय ५५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय १६ पुगेको छ ।