लागु औषध सहित कञ्चनपुरबाट चार जना पक्राउ

lagu ausadh
सुदूर प्रेस संवाददाता

 कञ्चनपुर–भारतबाट लागु औषध लुकाइ छिपाइ नेपाल भित्र्याउने  ४ जनालाई कञ्चनपुरमा प्रहरीले पक्राउ गरेको छ।

बुधवार पुनर्वास नगरपालिका–४ घ गाउँ स्थित कार्गील डाँडाबाट २३ वर्षीय सरोजजंग शाहलाई लागु औषधसहित पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले बताए । 

उनको साथबाट  ३६ ट्याब्लेट नाईट्रोभेट बरामद गरिएको छ। यस्तै से ६ प ६६० नम्बरको मोटरसाइकल र १५ हजार ७ सय १० रुपैंया पनि उनको साथबाट बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै बेलौरी नगरपालिकाबाट समेत लागु औषधसहित थप ३ जनालाई पक्राउ गरिएको छ । 

यस्तै बेलौरी नगरपालिका–९ का     १८ वर्षीय निसान भट्ट, वेदकोट नगरपालिका– ७ बस्ने २१ वर्षीय मुकेश भट्ट र सोही ठाउँका १८ वर्षीय सन्देश बोहरा लाई पनि प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूको साथबाट ८ सय २० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ। तीनै जना सवार  म २प ७६ नम्बरको मोटरसाइकल चेक जाँचका क्रममा लागु औषधसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रकाशित:
2020/12/17, 8:46