अत्यधिक चिसो र शितलहरका कारण पश्चिम तराइको जनजीवन प्रभावित

बाजुरामा कठ्याङ्ग्रिएर एकजनाको मृत्यु
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढी–अत्यधिक चिसो र शितलहरका कारण पश्चिम तराइको जनजीवन प्रभावित भएको छ ।  

आज बिहानै वाट बाक्लो हुस्सुसँगै शुरुभएको शीत लहरका कारण बढेको जाडोले कैलाली कञ्चनपुरको जनजीवन नराम्रोसङ प्रभावित भएको हो । चिसो वाट मजदुर वर्ग र वृद्ध बृद्धा हरु सबैभन्दा बडी मर्कामा परेका छन् । मुक्त कमैया र सुकुम्वासी वस्तिका मानिसहरू चिसोले कठ्याङग्रीयका छन् । साना नानीहरूलाई विद्यालय आउन जान समेत समस्या परेको छ ।  बजारमा मानिसहरूको चहलपहल समेत कम भएको छ । 

बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका(९ मार्तडीका ३७ वर्षीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

विकलाई घरको भुइँतलामा मृतवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिए ।

 

 

 

 

आफ्नै लापरबाहीका कारण उनको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको नाथको भनाइ छ ।

प्रकाशित:
2020/12/18, 6:43