हार्दिक श्रद्धाञ्जली ! (कविता)

dr paneru
डा. हेम राज पनेरू
सुदूर प्रेस संवाददाता

हार्दिक श्रद्धाञ्जली !

 

अदृश्य, अटेरी

निकृष्ट, निर्दयी

दुरात्माहरु (कोरोना भाइरसहरु)

लडिरहेछन सायद

लडाइअस्तित्वको ।

 

मच्चाइरहेछन कोलाहल

नाचिरहेछन दानवीय नाँच

हाँसिरहेछन उन्मत्त हाँसो

वायु बिषाक्त पार्दै

उद्यत छन लिन प्राण

निर-अपराध जनको।

 

कालचक्रमा

आत्मोत्सर्गमा

स्वयमलाइ भुलिसकेको म

भय त्रासलाइ जितिसकेको म

अझै युध्द जित्ने संसयवीच बेचैन  म

देख्छु सपना

एक अमृतजलको

पाएदेखि दुइथोपा

सफल हुन्थेँ कि कदाचित

ब्युँताउन उनीलाई।

तर अफसोच

सकिन रोक्न असुरलाइ आज

अथक प्रयास सबै भयोव्यर्थ।

मृत्यु सैय्यामा उनी

भावगङ्गामा तिमी

गरूँ म कसरी बयान

बिकराल परिस्थितिको।

सक्दिनौ कि थेग्न

पीडा बिछोडको।

 

गल्यो शरीर,

भयो बिलीन आत्मा

गल्यो शरीर,

भयो समाप्त इहलीला उनको।

कृपया स्वीकार

हार्दिक श्रद्धाञ्जली मेरो !

स्वीकार हार्दिक श्रद्धाञ्जली मेरो !!

 

 

डा. हेम राज पनेरू

उप-प्राध्यापक एवं इन्टेन्सिभिस्ट (आइसियु फिजिसियन), त्रि. वि. शिक्षण अस्पताल काठमाडौँ

 

 

 

 

प्रकाशित:
2020/12/19, 8:51