लागु औषध खैरो हिरोइनसहित कैलालीको टिकापुरबाट २ जना पक्राउ

lagu ausadh
सुदूर प्रेस संवाददाता

धनगढी– लागु औषध खैरो हिरोइनसहित कैलालीको टिकापुरबाट २ जना लाई प्रहरीले पक्राउ गरेको छ। 

टीकापुर नगरपालिका–७ स्थित सोनाहा फाँटा क्षेत्रबाट ६ ग्राम खैरो हिरोइन सहित  गौरीगंगा नगरपालिका–९  भैसासुरका २२ वर्षीय विवश बमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। 

यस्तै टीकापुर नगरपालिका– ८ खक्रौलामा २० ग्राम  लागु औषध खैरो हिरोइनसहित भारतको उत्तर प्रदेश जिल्ला लखिमपुर खिरी सुरत नगर ग्राम पञ्चायत ईन्द्रनगरका ३३ वर्षीय जसपाल सिंहलाई पक्राउ गरिएको उनले बताए । 

उनको साथबाट  १ थान लागु औषध नापतौल गर्ने डिजिटल तराजु समेत बरामद भएको विष्टले बताए । 

दुवै जना माथि लागु औषध ऐन अनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको  छ। 

 

प्रकाशित:
2020/12/19, 9:42