कैलालीमा लामो समय देखि मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

७ वटा मोटरसाइकल बरामद
bike chori
सुदूर प्रेस संवाददाता

धनगढी– कैलालीमा मोटरसाइकल चोरी गर्ने गिरोह समात्न प्रहरी सफल भएको छ ।

लामो समय देखी कैलालीमा मोटर साइकल  चोरी गर्ने गिरोहका ६ जना  लाई ७ वटा मोटर साइकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। 

पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर २ बस्ने वर्ष १९ का अर्जुन विष्ट,  सोही ठाउका २२ वर्षीय पारस विष्ट वर्ष २० का यमराज बिक, वर्ष  २२ का राजेश चौधरी, वर्ष ३० का विदुर लामिछाने र वर्ष २० को विकास सुवेदी छन् ।

उनीहरू विरुद मोटर साइकल चोरी शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरी  थप अनुसन्धान भई रहेको प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। 

यी हुन बरामद भएका मोटर साईकल र सवारी धनी 

१)  जिल्ला कैलाली ध उ म न पा– १४ बस्ने बिनय बानियाको सुपर स्पेलेन्डर से ३ प ३७४ नम्बरको चेसिस नम्बर MBLSA05EKC9K12801 ईन्जिन नम्बर IA05ECC9K12830 भएको मोटर साईकल मोटर साईकल थान १ 

 

२)  जिल्ला कैलाली जानकी गाउपालीका ९ बस्ने एकिन्द्र शाहको  होण्डा ट्रेगर से ४ प ६४१२ नम्बरको चेसिस नम्बर ME4KCI91LE8061996, ईन्जन नम्बर KCI9E80091180 भएको मोटर साईकल फेलापारी बरामद गरेको हाल सो मोटर साईकलमा से ५ प ८६३ नम्बर प्लेट राखी चलाई रहेको  मोटर साईकल थान १

 

३)   जिल्ला कैलाली धनगढी उपमहानगरपालीका वडा नम्बर ७ बस्ने नगेन्द्र चौधरीको यामाह कम्पनिको FZS से ४ प ८८९८ नम्बर भएको चेसिस न. MEGRG0621G0157789, ईन्जन नम्बर G3C860252858 भएको मोटर साईकल फेलापारी बरामद गरिएको सो मोटर साईकलमा से ५ प २५८० नम्बर प्लेट राखी चलाई रहेको  मोटर साईकल थान १

 

४)   जिल्ला कन्चनपुर महाकाली नगरपालीका वडा नम्बर ९ बस्ने बिनोद खडकाको स्पेलेन्डर सु प प्र ०२००३ प २५८२ चेसिस नम्बर MDL4AR071K9400421, ईन्जिन नम्बर 4A10AGR9400571 हाल से ४ प ८९८१ नम्बर प्लेट राखेको मोटर साईकल थान १ 

 

५)    जिल्ला कैलाली धनगढी उपमहानगरपालीका २ बस्ने लाल बहादुर शाहीको होण्डा साईन म १ प ६४३२ नम्बरको चेसिस नम्बर ME4JC368JB8318657, ईन्जिन नम्बर JC36E2489155 नम्बर प्लेट नभएको मोटर साईकल थान १ 

 

६)    बजाज डिस्कभर चेसिस नम्बर MD2A37CZXDWB15747 र ईन्जिन नम्बर GEZWDBO8195 हाल नम्बर प्लेट म १ प ९१८१  राखेको सवारी धनी नखुलेको मोटर साईकल थान १  

 

७)    स्पेलेन्डर  नम्बर प्लेट नभएको चेसिस नम्बर MBLHA10EJ99MO3899 र ईन्जिन नम्बर HA10EA99Mo3899 सवारी धनि नखुलेको  हाल से २ प ५३७ नम्बरको मोटर साईकल थान १ 

यसरी समातियो गिरोह–

धनगढी उप-महानगरपालिका वडा नं १ मालपोत कार्यालय अगाडी पार्किङ गरि राखेको से.३ प.३७४ नम्बरको  सुपर स्पिलिण्डर मोटर साईकल चोरी भएको भनि  मिति २०७७।०८।२९ गते दिउँसो १२:५० बजेको समयमा खबर प्राप्त भई खोज तलास गर्दा ऐ. १६:२० बजेको समयमा जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर २ साँडेपानी बस्ने अर्जुन बिष्टले उक्त मोटरसाईकल चलाई रहेको अवस्थामा ऐ.ऐ.१० पहलवानपुरबाट पक्राउ गरेको घटनामा थप अनुसन्धान गरी अन्य व्यक्तीहरुको खोज तलास गर्दा हाल सम्म अनुसन्धानको क्रममा खुल्न आएको चोरी भएका ७ वटा मोटर साईकल सहित निम्न ६ जनालाई पक्राउ गरिएको ५ वटा मोटर साईकलको सवारी धनी खुल्न आएको  सवारी धनीको जाहेरीको आधारमा निज ६ जना बिरुद्द मोटर साईकल चोरी शिर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्यादथप गरी  थप अनुसन्धान भई रहेको , २ वटा मोटर साईकल धनी खुल्न नआएको हुदा ईन्जिन चेसिस नम्बरको आधारमा पहिचान गरी दिन हुन र निजहरुले अन्य स्थानहरुमा समेत चोरी गरेको हुन सक्ने भएको हुदाँ हुलियाको आधारमा पहिचान भएमा यस कार्यालयमा सम्पर्क राख्न हुन समेत अनुरोध गर्दछौ । 

प्रकाशित:
2020/12/19, 10:15