प्यालेसमाथि लिभरपुलको गोल वर्षा

foot ball
सुदूर प्रेस संवाददाता

एजेन्सी–लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार क्रिस्टल प्यालेसलाई ७–० ले हराएको छ । लिभरपुलले अंक तालिकाको शीर्ष स्थानमा ६ अंकको अग्रता खोलेको छ ।

यो जितपछि लिभरपुलको १४ खेलबाट ३१ अंक भएको छ ।

यससँगै डिफेन्डिङ च्याम्पियन लिभरपुलले लिग उपाधिका लागि आफ्नो बलियो दावेदारी पनि प्रस्तुत गरेको छ । टोटनहम २५ अंकमा दोस्रो स्थानमा छ ।

प्यालेस भने १८ अंकमा सीमित रहेर १२ औं स्थानमा रह्यो ।सेन्ट मेरीमा भएको खेलमा लिभरपुलका लागि रोबर्टो फिरमिनो र मोहम्मद सलाहले दुई दुई गोल गरे ।

यस्तै, ताकुमी मिनामिनो, साडियो माने र जोर्डन हेन्डरसनले एक/एक गोल गरे ।

प्रकाशित:
2020/12/20, 6:49