कञ्चनपुरमा भारतबाट भित्र्याइएको बोइलर कुखुराको अबधै मासु र माछा बरामद

pakrau
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरमा भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याइएको  डेढ लाख बढीको बोइलर कुखुराको मासु र माछा सहित एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ । 

बेलडाँडी गाउँपालिका–२ र पुनर्वास–४  ईलाकामा मोबाइल गस्ती गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेड क्वाटर शैलेश्वरी कञ्चनपुरबाट सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशी र सशस्त्र प्रहरी नायब निरीक्षक भुवनेश्वर पन्तको कमान्डमा खटी गएको सीमा तथा मोबाइल गस्ती टोलीले आइतबार १ लाख ५३ हजार मूल्य बराबरको उक्त सामान बरामद गरेको हो ।

बरामद गरिएको मोटरसाइकल त्रिनगर भन्सार कार्यालय कैलाली बुझाइएको र कुखुराको मासु र माछा पशुक्वारेन्टाईन कार्यालयमा नष्ट गरिएको सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले बताए । 

 

प्रकाशित:
2020/12/21, 6:28