लागु औषध चरेससहित धनगढीबाट २ जना पक्राउ

lagu ausadh
सुदूर प्रेस संवाददाता

धनगढी–लागु औषध चरेससहित धनगढीबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

धनगढी उपमहानगरपालिका–३ विशालनगरबाट २ किलो ९ सय ग्राम चरेससहित बिहीबार २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए । 

पक्राउ पर्नेमा बझाङ बित्थडचिर गाउँपालिका–२ का २५  वर्षीय करन बोहरा र  ३२ वर्षीय जयबहादुर बोहरा  छन्।

दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित:
2020/12/25, 8:32