चरेस र एक लाख बढी रकम सहित अत्तरियाबाट एक जना पक्राउ

सुदूर प्रेस संवाददाता

धनगढी–लागु औषध चरेस र नगद रकम सहित कैलालीको अत्तरियाबाट एक जना पक्राउ परेका छन् ।  

गोदावरी नगरपालिका – २ अत्तरिया पहाड रोड बाट १ लाख १२ हजार नगद र ३ सय ३० ग्राम चरेससहित बैतडीको दोगाडाकेदार गाउँपालिका वडा नम्बर १ का २६ वर्षीय तोरणप्रसाद जोशीलाई पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

बिहीबार राति लागूऔषध चरेसको कारोबार भइरहेको सूचनाका अधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले जोशीलाई पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

 

प्रकाशित:
२०७७ पुष १०, ०६:४९
SPA
KN
Priya Gahana Pasal