भारत जान लागेका २ युवती गौरीफन्टा–त्रिनगर भन्सार नाकाबाट पक्राउ

pakrau
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीको गौरीफन्टा–त्रिनगर भन्सार नाकाबाट जान लागेका  २ जना युवती पक्राउ परेका छन्।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट डोके बजारको टोलीले चेक जाँचका क्रममा शुक्रवार भारततर्फ गइरहेको अवस्थामा बागलुङ घर बताउने अन्दाजी ३५ वर्षीय पूजा सिंह र पोखरा उपमहानगरपालिका १६ की २३ वर्षीया गंगा खड्कालाई पक्राउ गरेको हो । 

सिंहले खड्कालाई ललाई–फकाई गरी भारत लगिरहेको बुझिएको र यसबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐर ले जानकारी दिए । 

प्रकाशित:
2020/12/26, 7:45