कञ्चनपुरमा झन्डै साढे २ लाखको अवैध सामान बरामद

taskari
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–भारतबाट भन्सार छलेर अवैध रुपमा भित्र्याइएको झन्डै साढे २ लाखको  सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। 

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट आपतालबाट सशस्त्र प्रहरी नायब निरीक्षक गंगादत्त बोगटीको नेतृत्वमा खटिएको टोलीले पुनर्वास नगरपालिका–४ बाट अवैध रुपमा नेपाल ल्याउँदै गरेका सामान बरामद गरेको हो। 

माछा, मोटरसाइकल र अन्य किरानाका सामानहरु गरी २ लाख ३१ हजार मूल्यको अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐर ले जानकारी दिए । 

बरामद माछा पशु क्वारेनटाइन र अन्य सामान आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाइएको उनले जानकारी दिए । 

प्रकाशित:
2020/12/26, 11:14