कृषि विकास बैंक धनगढी शाखाको नवनिर्मित भवन तथा सुविधा सम्पन्न लकर शुभारम्भ

Bank
सुदूर प्रेस संवाददाता

धनगढी–कृषि विकास बैंक लिमिटेड धनगढी शाखा कार्यालयले आफ्नै नवनिर्मित बैङ्किङ कार्यालय तथा सुविधा सम्पन्न लकर सेवाको शुभारम्भ गरेको छ ।  बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले शनिवार भव्य समारोह बिच भवन उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै उनले ग्राहकको सेवालाई मध्यनजर गर्दै प्रदेश कार्यालयमा रहेको जग्गा सदुपयोग गरी आफ्नै शाखाबाट सेवा सुचारु गरिएको बताए । 

No description available.

No description available.

 आफू कार्यकारी अधिकृत भएपछि देशका भाडामा रहेका बैङ्किङ काउन्टर विस्थापित गर्दै आफ्नै कार्यालयमा राख्ने काम सुरु गरेको उनले बताए । ‘जनताको विश्वास जितेको कृषि विकास बैङ्कलाई थप व्यवस्थित बनाउन हामीले आफ्नै कार्यालय स्थापना गरी सेवा प्रदान गर्ने योजना बनाएका छौँ’ उनले भने–‘जस अनुसार अहिले देशका विभिन्न स्थानमा आफ्नै कार्यालय निर्माण भइरहेका छन् ।’

कृषि क्षेत्र र साना ऋण लिने व्यवसायीलाई प्राथमिकतामा राख्दै कम नाफामा बढी सेवा दिने उद्देश्यका साथ कृषि विकास बैङ्कले काम गरिरहेको उनले बताए ।

No description available.

No description available.

कृषि विकास बैङ्कका उप–महाप्रबन्धक धुब्रचन्द्र गौतमले ग्राहकलाई विश्वव्यापी रुपमा बैंकले दिने सेवा उपलब्ध गराउन कृषि विकास बैंक सक्षम रहेको बताए । उनले छिट्टै देश भरका वाणिज्य बैंङ्कहरुमा कृषि विकास बैङ्क १ नम्बर बन्ने बताए ।

 कार्यक्रममा कृषि विकास बैङ्क सुदूरपश्चिम प्रदेशका निर्देशक गोकुल पनेरु, निर्माण व्यवसायी तथा कृषि विकास बैङ्कका ग्राहक खडक सिंह पाल, धुर्वतारा कन्स्ट्रक्सन सञ्चालक धुर्व कुवर लगायतले शुभकामना मनतब्य व्यक्त गरेका थिए । 

 कृषि विकास बैङ्क बैङ्किङ कार्यालय धनगढीका प्रबन्धक राजेन्द्र जोशीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन बैङ्कका कर्मचारी चक्रबहादुर कुञ्जेडाले गरेका थिए ।

No description available.

No description available.

 

प्रकाशित:
2020/12/26, 7:30