कञ्चनपुरमा ७१ वर्षीया वृद्धाको हत्या

Death
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरको पुनर्वासमा  ७१ वर्षीया वृद्धाको आज दिउँसो हत्या भएको छ । 

पुनर्वास नगरपालिका –१ ढक्काकी  खण्टी भुलको हत्या भएको प्रहरीले बताएको छ । वृद्धाको टाउको र अनुहारमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा घरभित्रै शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

मृतक वृद्धा घरमा एक्लै बस्ने गरेको बताइएको छ । उनका छोरा मजदुरीका लागि भारतको मुम्बईमा रहेको, बुहारी र नातिनी धनगढीमा बस्ने गरेको बताइएको छ । 

मृतक भुलले नाक, कान र घाँटीमा करिब ३ तोला जतिका सुनका गरगहना लगाइराख्ने गरेको र सोही गहना लुट्न हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ । घटना बारे  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित:
2020/12/27, 6:24