लागु औषध चरेससहित अत्तरियाबाट २ जना पक्राउ

charesh baramad
सुदूर प्रेस संवाददाता

धनगढी–लागु औषध चरेससहित कैलालीको अत्तरियाबाट २ जना पक्राउ परेका छन् । 

अत्तरिया बजारमा रहेको सुमन होटेलबाट १ किलो ८ सय ५० ग्राम चरेससहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। 

पक्राउ पर्नेमा सुमन होटेलका सञ्चालक गोदावरी नगरपालिका– १० का २९ वर्षीय ओम बहादुर सिंह र बैतडीको पुर्चौडी नगरपालिका–७ का २५ वर्षीय महेश साउँद रहेका छन्। 

लागु औषध चरेसको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । 

 

प्रकाशित:
2020/12/28, 6:43