प्रधानमन्त्रीकप महिला क्रिकेटमा सुदूरपश्चिम विजयी

cricket
सुदूर प्रेस संवाददाता

काठमाण्डाै - प्रधानमन्त्रीकप महिला क्रिकेटमा प्रदेश १ र सुदूरपश्चिम विजयी भएका छन् ।


दाङको लमहीमा भएको खेलमा प्रदेश १ ले वाग्मतीलाई ४६ रनले हराएको छ । प्रदेश १ ले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको वागमती १६ ओभर ४ बलमा ६० रन बनाएर अलआउट भयो । वाग्मतीका लागि कञ्चन श्रेष्ठले १३ र सुमन खतिवडाले १२ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रदेश १ को लागि ङिमा तामाङले ३ र अप्सरी बेगमले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको प्रदेश १ ले रुविना क्षेत्रीको ५५ रनको मद्दतमा १ सय ६ रन बनाएको थियो । आजै भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकीलाई ५९ रनले हराएयो ।

दाङको लमहीमा सुदूरपश्चिमले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको गण्डकीले ६ विकेट गुमाएर जम्मा ४८ रन मात्रै बनाउन सक्यो । उसका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७ रन बनाएको थियो ।

उसका लागि रेवती धामीले सर्वाधिक २७ रन बनाइन । गण्डकीका एलिसा लामिछाने र श्रृष्टी पौडेलले ३/३ विकेट लिए । समूह 'ए 'बाट लुम्बिनी र एपीएफ सेमिफाइलनमा पुगिसकेका छन् । समूह 'बी' का खेल आजदेखि सुरु भएका हुन् ।

प्रकाशित:
2020/12/29, 7:13