भारतबाट अवैध तरिकाले भित्र्याइएको प्लास्टिक र कुखुरा बरामद

सुदूर प्रेस संवाददाता

कञ्चनपुर–भारतबाट अवैध तरिकाले भित्र्याइएको प्लास्टिक र कुखुरा प्रहरीले बरामद गरेको छ। 

भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका सशस्त्र प्रहरी नायब निरीक्षक त्रिभुवन बिष्टको नेतृत्वमा खटिएको टोलीले  भीमदत्त नगरपालिका र पुनर्वास नगरपालिकाको सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा ६० हजार रुपैयाँ बराबरको अवैध कुखुरा र प्लास्टिक बरामद गरिएको जनाएको छ। 

प्लास्टिक कञ्चनपुर भन्सार कार्यालय र कुखुरा पशु क्वारेन्टाईनमा बुझाएर नष्ट गरिएको प्रहरीले जनाएको छ। 

 

प्रकाशित:
2020/12/30, 7:46