कैलालीको गोदावरीमा युवकको शव भेटियो

sab
सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायिक वन भित्र पर्ने चिसापानी खोलामा शव फेला परेको छ । उक्त शवको प्रकृति हेर्दा तल्लो शरीरमा निलो रंगको जिन्स पाइन्ट लगाएको, उचाइ  अन्दाजी ५ फिट ५ इन्च, उमेर अन्दाजी २५ र ३० वर्षको जस्तो देखिने, दायाँ हातको पाखुरामा नाग सर्प  र शिवलिंगको ट्याटु, दायाँ हातको बुढी औला मुनी बिच्छीको ट्याटु, बायाँ हातको पाखुरामा बिच्छीको ट्याटु भएको मृतकको शव सडिगली गएको अवस्थामा रहेको तथा शव नजिकै सेतो रंगको गन्जी र हरियो रंगको हाफ सट फेला परेको  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।  शवको पहिचान खुलेको छैन । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । 

   

प्रकाशित:
2020/12/31, 7:48