सुदूरपश्चिममा भूकम्पको धक्का

bhukamp

धनगढी–सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुमा आइतबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ।

बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलाशैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिए।

उक्त भूकम्प ३ दशमलव ५ रेक्टर स्केलको रहेको जनाइएको छ। भूकम्पको धक्का बैतडीसहित दार्चुला र बझाङका केही क्षेत्रमा परेको थियो। तर क्षतिबारे भने कुनै विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ। 

प्रकाशित:
2021/01/04, 6:31