कञ्चनपुर–कञ्चनपुरमा लाखौँ मूल्यका अवैध मोबाइल सेट बरामद गरिएको छ।
वेदकोट नगरपालिका वडा नम्बर ७ को सुडाबाट विभिन्न कम्पनीका मोबाइल बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले बताए।
सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशीको समूहले ५४ लाख १० हजार ७ सयका मोबाइल सेट बरामद गरेको हो । ती सेटहरु भारतबाट भन्सार छलेर ल्याइएको प्रहरीको भनाइ छ ।