भारतीय वनमा पात टिप्‍न गएका कञ्चनपुरका युवकमाथि गोली प्रहार

Goli
प्रतिकात्मक तस्बिर
सुदूर प्रेस संवाददाता

 कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका १ चाँदनीका एक युवक भारतीय क्षेत्रमा गोली लागेर घाइते भएका छन् ।

प्रहरीका अनुसार १८ वर्षीय नरेश सुनार भारतको वन क्षेत्रमा गोली लागेर घाइते भएका हुन् । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

‘गोली एसएसबीले चलाएको हो वा वन रक्षकले चलाएको हो, खुलेको छैन,’ जिल्ला प्रहरी कार्यालय कार्यालय कञ्चनपुरका एसपी मुकुन्द्र मरासिनीले भने, ‘घाइतेलाई उपचारका लागि महाकाली अस्पताल ल्याउने काम भइरहेको छ ।’ उनका अनुसार सुनारका घुँडामुनि गोली लागेको छ । साँझपख सीमा नजिकैको भारतीय वन क्षेत्रमा गएका बेला अचानक गोली चलेको हो ।

दोधारा चाँदनी नगरपालिका १ का वडाध्यक्ष अर्जुनदत्त भट्टका अनुसार भारतीय वन क्षेत्रमा टीकका (सकवान) पात टिप्‍न गएका बेला सुनारमाथि गोली चलेको हो । गोली कसले चलाएको हो भन्ने कुरा भने नखुलेको उनले बताए । ‘सीमा क्षेत्र नजिकै गोली लागेको हो,’ उनले भने, ‘एसएसबी र वन रक्षकको संयुक्त गस्ती टोली यस क्षेत्रमा घुमिरहन्छ, कसले गोली चलायो थाहा भएन ।’

प्रकाशित:
2021/01/05, 5:06